संदेश

श्री कलंकी माई( श्री कल्खु अजिमा) चाःपूजा गुठी

ईन्द्रजात्रामा समयद्वं छाय ११४६ ( महाभोग चढाउने २०८२) मा प्राप्त सहयोगी दाताहरु र सहयोग रकम  तथा खर्च क्र.सं . रामकृष्ण श्रेष्ठबाट संकलित सहयोगीको नाम थर सहयोग १ राजु महर्जन रु २०००.०० दुईहजार २ रामकृष्ण श्रेष्ठ रु १०००.०० एकहजार ३ उत्तम महर्जन रु १०००.०० एकहजार ४ मोहनकृष्ण मानन्धर रु १०००.०० एकहजार ५ कृष्णहरी रञ्जित  रु ३०००.०० तिनहजार ६ उमेश महर्जन रु १०००.०० एकहजार ७ पुरुश्वत्तम महर्जन रु ११००.०० एकहजार एकसय ८ रवि श्रेष्ठ रु १०००.०० एकहजार ९ महेन्द्र रञ्जित रु ५०००.०० पाँचहजार १०चिरञ्जीवी कँडेल रु १०००.००एकहाजर ११ चन्द्र बहादुर श्रेष्ठnरु ११००.००एकहजार एकसय १२ बिजेन रञ्जित रु १०००.०० एकहजार १३ विनोद श्रेष्ठ रु १०००.०० एकहजार १४ देवेन्द्र तन्दुकार रु ११५०.००एकहजार एकसय पचास १५ उद्धब शाक्य रु १०००.०० एकहजार १६  सर्जु सिंह सुवाल रु १०००.०० एकहजार १७ विद्या लक्ष्मी श्रेष्ठ रु १५००.०० एकहजार पाँचसय १८ रवि न्यौपाने रु  ५००.०० पाँचसय १९ कृष्णकुमार श्रेष्ठ रु १००५.०५ एकहजार पाँच २० विनोद  बलामी रु २०००.०० दुईहजार २१ सुंडेक...

टोपी कतिबेला लगाउने, कतिबेला फुकाल्ने !

  टोपी कतिबेला लगाउने, कतिबेला फुकाल्ने !          नेपालीको राष्टिय पहिरन मध्यको पूरुषको शिरको शोभा बढाउने एक पहिरन हो टोपी । शिरपोष लगाएर विस्वको शिखर सगरमाथा जस्तै शिर ठाडो गरेर स्वाभिमानी देखाउने राष्टिय पहिचान  नै हो टोपी । त्यसोतः भौगोलिक  स्थान अनुसार स्थानीयहरुको आ-आफ्नै पहिरन अनुसारको आ-आफ्नै मौलिक पहिचानको शिरपोषहरु नरहेका भने हैन । तराई मध्यसको शिरपोषका रुपमा गम्सा वा तौलियाले शिरमा बेरेर  फेटा बाँधेर लगाउने पगरी  त्यस्तै नै हिमाली भेगकको ........ शिरपोष हुन्।  उपत्यका र पहाडी मूलका बासिन्दाले शिरको शोभाका रुपका लगाउने पहिरन टोपी नै हुन् ।          नेपाल राष्ट्र भीत्रका आ-आफ्ना भौगोलिक क्षेत्रकको मौलिक पहिचान अनुसारका सब‌ै पहिरन  राष्ट्रिय पोशाक न‌ै भए तापनि अौपचारीक पोशाक भनेको तोपी सहितको दौरा सुरुवाल नै हुन् । यसरी पनि टोपी राष्ट्रिय पोशाको मूल पहिन न‌ै भन्दा फरक नपर्ला ।        राष्ट्रिय पहिचान सहितको  पोशाकका रुपमा रहेको राष्ट्रिय पोशाकको मूल पहिरनका रुपमा रहेको ट...

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !         धार्मिक मान्यता अनुसार कर्म फल दाता शनिको कुदृष्टिबाट बच्न शनिदेवतालाई फलाम वा फलामबाट निर्मित कुनै पनि   साधन चढाएर पुुजा गर्ने परम्परा रहेको छ । यसरी फलाम चढाएर शनिदेवतालाई पूजा गर्ने शास्त्रीय परम्परा रहि आए तापनि  अन्य देवीदेवताहरुको पूजा अर्चना  गर्दा भने फलाम वा फलामबाट निर्मित कुनै साधन पूजास्थल नजिक समेत राख्नु हुन्न भन्ने धार्मिक तथा शास्त्रीय कथन रहि आएको छ । त्यसैले धार्मिक मान्यता अनुसार पूजा तथा पितृकार्यमा फलामका भाँडाको प्रयोग गर्न निषेध गरिएको छ ।         फलाम एक रसायनिक तत्व भएका कारण यस धातुमा खिया लाग्ने गर्छ । फलाम खिया लाग्ने धातु भएका कारण शुद्ध धातु मानिएको छैन ।  यही कारणले गर्दा पूजामा फलामका भाँडोको प्रयोग हुँदैन  ।  रसायनिक तत्व फलामा लाग्ने खिया मानव शरिरका लागि अति घाटक मानिन्छ । त्यसैले धार्मिक मान्यता अनुसार फलाम र फलाबाट निर्मित साधन पूजा स्थलमा मात्र हैन मठ मन्दिर देखि नै टाढा राख्ने निति हाम्रा पुर्खाले लिएको देखिन्छ ।...

मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

     मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै  खोलीन्छ   ?          कुनै पनि मठ मन्दिर प्रवेश गर्नुपूर्व सवैश्रद्धालु भक्तवनहरु आफुले लगाईराखेको  जुत्ता चप्पल बाहिरै खोलेर जान्छन् । त्यसरी धार्मिक स्थलमा प्रवेश गर्दा धर्ममा  आस्था भएर पवित्र धार्मिक स्थल अपवित्र गर्न हुन्न भन्ने धार्मिक चेतनाका कारण यसो गरेको भए पनि यसको वैज्ञानिक कारण पनि रहेको हुनु पर्छ । जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यस विषयका जानकाहरुको भनाई अनुसार  भूतत्व धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि जुत्ता माध्यम बन्छ ।         मानिस स्वसरिर जहाँ गए पनि उसको पाउले नै डोर्‍याउँदै लगिन्छ ।   आफ्नो आवस्यकता अनुसार मानिस अपवित्र स्थहलहरु सौचालय तथा मसानघाट लगायत स्थानमा  जानु पर्ने हुन्छन् अथवा गएका हुन्छन् ।  त्यस्ता स्थानमा नकारात्मक उर्जा शक्तीहरु सकृय भईरहेका हुन्छन् । जसले गर्दा पाउकोष लगाउनेको जुत्ता चप्पलमा  अनि जुत्ता नलाउनेको...