टोपी कतिबेला लगाउने, कतिबेला फुकाल्ने !


  टोपी कतिबेला लगाउने, कतिबेला फुकाल्ने !

         नेपालीको राष्टिय पहिरन मध्यको पूरुषको शिरको शोभा बढाउने एक पहिरन हो टोपी । शिरपोष लगाएर विस्वको शिखर सगरमाथा जस्तै शिर ठाडो गरेर स्वाभिमानी देखाउने राष्टिय पहिचान  नै हो टोपी । त्यसोतः भौगोलिक  स्थान अनुसार स्थानीयहरुको आ-आफ्नै पहिरन अनुसारको आ-आफ्नै मौलिक पहिचानको शिरपोषहरु नरहेका भने हैन । तराई मध्यसको शिरपोषका रुपमा गम्सा वा तौलियाले शिरमा बेरेर  फेटा बाँधेर लगाउने पगरी  त्यस्तै नै हिमाली भेगकको ........ शिरपोष हुन्।  उपत्यका र पहाडी मूलका बासिन्दाले शिरको शोभाका रुपका लगाउने पहिरन टोपी नै हुन् । 

        नेपाल राष्ट्र भीत्रका आ-आफ्ना भौगोलिक क्षेत्रकको मौलिक पहिचान अनुसारका सब‌ै पहिरन  राष्ट्रिय पोशाक न‌ै भए तापनि अौपचारीक पोशाक भनेको तोपी सहितको दौरा सुरुवाल नै हुन् । यसरी पनि टोपी राष्ट्रिय पोशाको मूल पहिन न‌ै भन्दा फरक नपर्ला ।

       राष्ट्रिय पहिचान सहितको  पोशाकका रुपमा रहेको राष्ट्रिय पोशाकको मूल पहिरनका रुपमा रहेको टोपी उपत्यका र पहाडीले मूलका बासिन्दाको धर्म संस्कृत संग पनि जोडिएको प्रष्ट देखिन्छ । शिरको शोभाका रुपमा शिरमा लगाउने टोपी कुन कुन संस्कारमा अनिवार्य लगाउनु पर्ने र कुन कुन संस्कार टोपी लगाउनु हुन्न भन्ने धार्मिक तथा संस्कारी नियमै छ ।

सनातनी धार्मिक संस्कार अनुसार निम्न अवस्थामा पूरुषले अनिवार्य टोपी लगाउनु पर्ने र अनिवार्य फुकाल्नु पर्ने हुन्छ  :-

१. पूजा गर्दा र देवदेवताको ढोग गर्दा  टोपी फुकाल्नु पर्ने हुन्छ ।

२. फूलप्रशाद, टिका तथा सगुन ग्रहण गर्दा टोपी लगाउनु पर्छ 

३. भोजन गर्दा टोपी फुकाल्नु पर्छ ।

४. आफन्तजन मर्दा र मलामी जाँदा टोपी फुकाल्नु पर्छ।

५. जेष्ठहरुको भनाई अनुसार शौच गर्दा टोपी फुकाल्नु पर्छ ।

५. मध्यपुर थिमिको अष्टमातृका मध्यको एकमातृका विष्णुविर( वैय्णवि) देवीको खत जात्रामा  पिठ देखि केहि पर सम्म जात्रा गर्ने र जात्रालुहरु समेतले टोपी फुकाल्नु पर्छ।

६. आफुभन्दा ज्ञानीमानी सम्मानित ब्यक्ति सामु जाँदा खेरी निधार छोपिरहेको टोपीलाई अलिकति पछाडि पति सार्नु पर्ने ।

७. पुराण कथा तथा प्रवचन सुन्दा निधार छोपिरहेको टोपीलाई अलिकति पछाडि पति सार्नु पर्ने ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !