मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै खोलीन्छ ?

    मन्दिर प्रवेश गर्नु भन्दा पुर्व किन जुत्ता चप्पल बाहिरै  खोलीन्छ   ?

        कुनै पनि मठ मन्दिर प्रवेश गर्नुपूर्व सवैश्रद्धालु भक्तवनहरु आफुले लगाईराखेको  जुत्ता चप्पल बाहिरै खोलेर जान्छन् । त्यसरी धार्मिक स्थलमा प्रवेश गर्दा धर्ममा  आस्था भएर पवित्र धार्मिक स्थल अपवित्र गर्न हुन्न भन्ने धार्मिक चेतनाका कारण यसो गरेको भए पनि यसको वैज्ञानिक कारण पनि रहेको हुनु पर्छ । जुत्ता चप्पलमा राजसिक र तामसिक धातुहरूको प्रधानता हुन्छ । यस विषयका जानकाहरुको भनाई अनुसार  भूतत्व धातु पातालबाट आउने नकारात्मक ऊर्जालाई पृथ्वीको वातावरणमा मिसिनका लागि जुत्ता माध्यम बन्छ । 

       मानिस स्वसरिर जहाँ गए पनि उसको पाउले नै डोर्‍याउँदै लगिन्छ ।   आफ्नो आवस्यकता अनुसार मानिस अपवित्र स्थहलहरु सौचालय तथा मसानघाट लगायत स्थानमा  जानु पर्ने हुन्छन् अथवा गएका हुन्छन् ।  त्यस्ता स्थानमा नकारात्मक उर्जा शक्तीहरु सकृय भईरहेका हुन्छन् । जसले गर्दा पाउकोष लगाउनेको जुत्ता चप्पलमा  अनि जुत्ता नलाउनेको पाउमा नकारात्मक उर्जा सम्पर्कमा रहेका हुन्छ । त्यसैलेेे जुत्ता नलाई त्यस्ता अपवित्र स्थानमा गएर आउने ब्यक्तिले नदि नाला, तलाउ वा धारामा आफ्नो खुट्टा पखाल्ने यहाँ चलन रहेको छ । जुत्ता लगाएर त्यस्ता अपवित्र स्थलमा जानेहरुले आफुले लगाएको जुत्ता पखाल्न वा धुने गर्दैनन् जसले गर्दा स्वभाविकरुपमा जुत्तामा नकारात्मक उर्जा टाँसिएर सकृय भईरहेका हुन्छन् ।

       मन्दिर परिसरमा चारैतर्फ ईश्वरीय प्रभावको फलस्वरूप सात्विकता र चैतन्यको वातावरण हुन्छ । यस्तो पवित्र वातावरणमा जहाँतहिँ गएर आएको जुत्ता चप्पलमा सकृय रहेका उर्जा जुत्ता नफुकाली मन्दिर प्रवेश  गर्दा  जुत्ताले  नकारात्मक ऊर्जा मन्दिरमा ल्याएर अपवित्र गराउँछ । साथै मन्दिर भित्र र मन्दिरको प्राङ्गणमा सकृय अवस्थामा रहेका सात्विकता र चैतन्यको उर्जालाई हाम्रो नाङ्गो पैतालाको माध्यमबाट हाम्रो शरिरमा प्रवेश गर्न समेत हामिले लगाई राखेको जुत्ताचप्पले  रोक्ने काम गर्छ । 

         जुत्ता चप्पलमा धूलो र हिलो मात्र ह‌ैन अपवित्र मल मूत्र समेत पनि टाँसिएको हुन्छ । यस्ता मल मूत्र लगायत धूलोका कणहरूले मन्दिरमा नकारात्मक ऊर्जा फैलाइएर अपवित्र बनाउछ । जुत्ता चप्पल लगाउने व्यक्तिको मानसिक स्तर पनि एक विशेष प्रकारको स्थितिमा हुन्छ । महंगो जुत्ता चप्पल लगाउने व्यक्तिमा एकखाले घमण्ड हुन्छ । हाम्रो समाजमा जुत्ताबाट धनी गरीब छुट्याउने पनि गरिएको छ । मन्दिरभित्र धनी र गरीबका बीचको फरक नछुट्टियोस् भन्नका लागि पनि जुत्ता चप्पल बाहिर खोलिएको हो । जुत्ता चप्पल बाहिरै खोल्दा हामी आफ्नो पहिचानजन्य अहंकारलाई पनि बाहिरै उतार्छौं र ईश्वरप्रतिको भक्तिभावमा आफूलाई समर्पित गर्ने भाव बनाउँछौं । मन्दिरको वातावरण सात्विकताका कारण सधैं शीतल हुन्छ ।हामीले नांगो खुट्टाका साथ मन्दिरको प्रांगणमा प्रवेश गर्दा त्यो शीतलतालाई पूरै शरीरमा महसूस गर्छौं । यसले तन र मन दुवैमा शीतलता छाउँछ । यिनै आधारहरूका कारण मन्दिरहरूमा जुत्ता चप्पल लगाएर जान वर्जित गरिएको हो । 

         तर आजका युवाहरुमा मात्र हैन वैष्यहरुमा समेत    मठ मन्दिरमा प्रवेश गर्दा आफुले लगाई राखेको जुत्ताचप्पल फुकालेर मात्र प्रवेश गर्नु पर्छ भन्ने भाव हराउन थालेको प्रस्तै देखिन थालेका छन् ।  कपडाको र प्लास्टिकका जुत्ताचप्पल लगाउने केही भक्तजनहरतः छालाको जुत्ता लगाएर मात्र मन्दिर प्रवेश गर्नु हुन्न कपडा र प्लास्टिककोतः किन नहुनु भन्द‌ै जुत्ताचप्पल लगाएरै खुरु मन्दिर प्रवेश गरेर पूजा तथा दर्शन गर्छन् । 

         मन्दिर भित्र मन्दिरको सेवामा वस्ने ब्यक्ति  मन्दिर बन्द नभए सम्म लामो समय  बस्न पर्ने र जसले गर्दा मन्दिर भित्रको चिसोले शरिरलाई नकारात्मक  प्रभाव पार्ने भएकाले  पहिला देखिनै त्यस्ता ब्यक्तिली परालको र पछि कपडा र अहिले प्लास्टिकका जुत्ताचप्पल गगाउने गर्दै आएको पनि छ । तर मन्दिर भित्र बसेर सेवा गर्नेले लगाउने त्यस्ता जुत्ताचप्पल मन्दिर भित्रमात्र लगाउने गरिन्छ जसले गर्दा त्यस जुत्ताचप्पलमा अपवित्र नकारात्मक उर्जाहरु रहने कुरै भएन । जुत्ताचप्ल फुकाल्न अल्छि मान्ने भक्तजनहरु मन्दिर सेवामा रहेका ब्यरक्तीले मन्दिरभित्र जुत्ता लगाएर बस्न हुने हामीले चाहिं किन जुत्ताचप्पल फुकालेर प्रवश गर्नु पर्ने भन्दै अपवित्र  जुत्ताचप्ल नै लगाएर भित्र प्रवेश गरेर पूजा तथा दर्शन गरेर जान्छन् ।

(शब्दसार एक अध्यात्मिक लेखबाट समेत)

#धर्म_संस्कृति

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

टोपी कतिबेला लगाउने, कतिबेला फुकाल्ने !

पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !