पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !
पूजास्थल र मन्दिर क्षेत्रमा फलाम प्रयोग गर्नु हुन्न !
धार्मिक मान्यता अनुसार कर्म फल दाता शनिको कुदृष्टिबाट बच्न शनिदेवतालाई फलाम वा फलामबाट निर्मित कुनै पनि साधन चढाएर पुुजा गर्ने परम्परा रहेको छ । यसरी फलाम चढाएर शनिदेवतालाई पूजा गर्ने शास्त्रीय परम्परा रहि आए तापनि अन्य देवीदेवताहरुको पूजा अर्चना गर्दा भने फलाम वा फलामबाट निर्मित कुनै साधन पूजास्थल नजिक समेत राख्नु हुन्न भन्ने धार्मिक तथा शास्त्रीय कथन रहि आएको छ । त्यसैले धार्मिक मान्यता अनुसार पूजा तथा पितृकार्यमा फलामका भाँडाको प्रयोग गर्न निषेध गरिएको छ ।
फलाम एक रसायनिक तत्व भएका कारण यस धातुमा खिया लाग्ने गर्छ । फलाम खिया लाग्ने धातु भएका कारण शुद्ध धातु मानिएको छैन । यही कारणले गर्दा पूजामा फलामका भाँडोको प्रयोग हुँदैन । रसायनिक तत्व फलामा लाग्ने खिया मानव शरिरका लागि अति घाटक मानिन्छ । त्यसैले धार्मिक मान्यता अनुसार फलाम र फलाबाट निर्मित साधन पूजा स्थलमा मात्र हैन मठ मन्दिर देखि नै टाढा राख्ने निति हाम्रा पुर्खाले लिएको देखिन्छ । त्यही कारण प्राचीन मठ मन्दिरहरुको संरचनामा अति आवस्यक स्थानहरुमा बाहेक फलाम प्रयोग गरिएको देखिन्न @।
नयाँ पुस्ताले मठ मन्दिर स्थापना गर्दा जिर्णोद्वार गर्दा निर्माण कार्य सहजताका लागि फलामहरु धमाधम प्रयोग गर्न थालेका छन् । यसो गर्नु हाम्रो पूर्खाले मानव शरिरको सुरक्षाका लागि गरिन्दै आएको मन्दिर निर्माण निति तथा धार्मिक मान्यता विपरीत पनि हुन् । यस तर्फ सबैले दृष्टि पुर्याउन आवस्यक छ ।
#धर्म_संस्कृति